हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

शिक्षकहरुलाई अब कोरोना विरुद्ध  पनि खटाइने  !

काठमाडौँ – कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणमा सरकारले शिक्षकहरुलाई पनि परिचालन गर्ने भएको छ। देशभर जनस्तरबाट लापरवाही भएकाका कारण कोरोना फैलिरहेको निष्कर्ष सहित सरकारले शिक्षकहरुलाई पनि परिचालन गर्ने तयारी गरेको हो।

Advertisement

 विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेका अवस्थामा शिक्षकहरुलाई कोरोना नियन्त्रण सम्वन्धी जनस्वास्थ्यका मापदण्ड लागू गराउन सरकारले परिचालन गर्न लागेको बुझिएको छ।स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा . खेम कार्कीका अनुसार शिक्षकहरुलाई स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन, सचेतना जगाउन, अनुगमन गराउन परिचालन गर्न लागिएको हो।

Advertisement

शिक्षकहरुलाई गाउँघर-टोलमा सबैले मान्ने हुँदा शिक्षकहरुलाई परिचालन गर्दा स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन शिक्षकहरुको भूमिका प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयको विश्वास छ।कोरोना भाइरस संक्रमितहरुलाई समाजमा गरिने भेदभाव र तिरस्कार विरुद्ध जनचेतना जगाउन पनि शिक्षकहरुले सहयोग पुर्याउने मन्त्रालयले विश्वास लिएको छ।

शिक्षा मन्त्रालयको समन्यवमा कोरोना विरुद्ध शिक्षकहरु परिचालन गर्ने कार्यलाई देशभरी अभियानका रुपमा चलाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)