स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

होटलमा नियमित आवागमनको चापले त्रास बढायो

दिनेश कार्की , गाईघाट। सरकारले होटल र लज खोल्न अनुमति नदिईसकेको अवस्थामा सुनसरी सदरमुकाम इनरुवामा सरकारी आदेशलाई बेवास्ता गरी निरन्तर सञ्चालन गरिरहेका दुई चल्तीका मदिरा होटलका सञ्चालकसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि पुरै समाज त्रस्त बन्न पुगेको छ ।

Advertisement

भदौ ६ गते संकलन गरिएको १०६ जनाको स्वाव मध्ये चार जनामा कोरोना संक्रमण देखिएको हो । जसमा इनरुवा वडा नम्बर १ र वडा नम्बर ३ मा होटल सञ्चालन गर्ने दुई सञ्चालक, सोही वडामा डेरा गरी बस्ने एक सीजी फुड्समा कार्यरत संक्रमित पुरुषकी श्रीमति र अर्का वडा नम्बर ५ बलाह घर भएका पुरुष हुन । उनको घरमा सीजी फुड्समै कार्यरत कर्मचारी र परिवार बस्ने गर्दथे ।

Advertisement

इनरुवा ५ बस्ने सीजी फुड्समा कार्यरत एक कर्मचारीमा संक्रमण देखिएपछि गरिएको परिक्षणमा उनको श्रीमति पनि संक्रमित देखिएकी थिईन भने अहिले घर पट्टी पनि संक्रमित देखिएका हुन । दुई होटल सञ्चालकमा देखिएको संक्रमण भने यतिवेला इनरुवाबासीको लागि त्रासको विषय बनेको छ । सरकारले होटल खोल्ने अनुमति नदिएपनि जिल्ला प्रहरी कार्यालय छेउछाउमा रहेका ति होटलहरु नियमित रुपमा खोल्दै आईएको थियो ।

त्यहाँ हरेक बेलुका इनरुवाका प्रतिष्ठित ब्यक्तिहरु मदिरापानससहित खाजा खान जाने गरेको र उनीहरु निरन्तर समुदाय स्तरको सम्पर्कमा रहेकोले त्रास बढाएको हो । एक त सरकारले अनुमति दिईनसकेको ब्यापार निर्धक्क सञ्चालन गर्नु र भदौ ६ गते पीसीआर परिक्षणको लागि स्वाव दिएपछि पनि आफै बसेर होटल सञ्चालन गरिहेको घटनाले उनीहरुले चरम लापरवाही गरेको देखिन्छ ।

अझै मंगलबार बेलुका इनरुवा १ मा रहेको होटलमा सञ्चालकहरुसहित करिब १५–२० जना सँगै बसेर पार्टी गरेको घटनाले अझै चिन्ता बढाएको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले स्थानीय सरकार र प्रशासनलाई झुक्याएर सरकारले सञ्चालन गर्न नदिईसकेको ब्यवसायहरु सञ्चालन गर्नु र पीसीआर परिक्षण पछि क्वारेन्टिनमा नबसी ब्यवसाय सञ्चालन गर्नु लापरवाही भएको भन्दै यस विषयमा आफूले प्रहरी प्रशासनसँग छलफल गरेर कडा निगरानी गर्ने बताए ।

स्थानीय समेत रहेका स्वास्थ्यकर्मी गुणनन्द झा स्वास्थ मन्त्रालय र विश्व स्वास्थ संगठनको स्वास्थ्य सम्बन्धी प्रोटोकलले नै पीसीआर परिक्षणको लागि स्वाव दिईसकेपछि एक साता होम क्वारेन्टिमा बस्नु पर्ने स्पष्ट पारेको अवस्थामा स्वाव दिएपछि होटल सञ्चालन गर्नु लापरवाही भएको र यसले जोखिम बढाएको बताए । इनरुवा नगरपालिकाका स्वास्थ्य शाखा ईन्चार्ज मिश्रीलाल मेहता आफूहरुले पीसीआर परिक्षणको लागि स्वाव संकलनकै क्रममा सबैलाई रिपोर्ट नआउन्जेलसम्म होम क्वारेन्टिनमा बस्न आग्रह गरेपनि संक्रमण पुष्टि भएका इनरुवाका होटल सञ्चालकले भने आग्रहलाई बेवास्ता गर्दै जोखिमपूर्ण रुपमा होटल सञ्चालन गर्नु दुखद भएको बताए । यसैबिच प्रदेश १ मा गएको २४ घण्टामा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना देखिएको हो । विराटनगरमा ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् ।

मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला र ९ पुरुष, इनरुवामा १ महिला र ३ पुरुष, बर्जुमा १ महिला र २ पुरुष, दुहवीमा २ पुरुष, धरानमा १ महिला, झापाको दमकमा ६ महिला र ९ पुरुष र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ ।

उता तेहथुमको म्याङलुङमा ४ महिला र ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ ।

प्रदेशमा बुधबार ८१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ । प्रदेशमा गएको २४ घण्टामा १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३६ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म ८२ हजार १०२ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article