हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रौतहटको  हनुमान मन्दिरका पूजारी श्रीराम साहको अज्ञात समूहद्वारा हत्या गरिएको घटनाको भत्सना

काजीबहादुर खत्री , झापा / विश्व हिन्दु महासंघ द्वारा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ “गत भाद्र ३ गते रौतहटको नारायण नपा. -२ स्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको अज्ञात समूहद्वारा हत्या गरिएको दुःखद् घटनाले विश्व हिन्दु महासंघलाई मर्माहत बनाएको छ । साधु, सन्त, पण्डित र पूजारीको हत्याजस्तो जघन्य अपराध भएकोमा अपराधी पत्ता लगाई पीडितलाई न्याय दिलाउन नेपाली धार्मिक समाजले नेपाल सरकारसँग माग गर्दै आएको छ ।

Advertisement

तर, जो रक्षक उही नै भक्षक भने झैं भएको छ’ । ‘नागरिकको सुरक्षा दिनु राज्यको कर्तव्य हो, दोषीलाई कानुनी कारबाही गर्नु र अपराधलाई निरुत्साहित गर्नु राज्यको प्रमुख दायित्व हो ।

Advertisement

” महासंघकी महासचिब अस्मिता भण्डारी व्दारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ कि पूजारी हत्या प्रकरणकै सन्दर्भलाई जोडेर गृहमन्त्रालयबाट शाखा अधिकृत प्रतिक राईद्वारा हस्ताक्षरित च.नं. ५४१, मिति २०७७-५-७ को पत्र सञ्चारमाध्यममा सम्प्रेषित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

पूजारी श्रीराम साहको हत्याको घटनाको विरोध गर्ने र कारबाहीको माग गर्ने व्यक्ति तथा समूहलाई नै निगरानी र कारबाही गर्ने भनेर सबै प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षकलाई स्पष्ट निर्देशन दिइएको सो पत्रप्रति हाम्रो गम्भीर आपत्ति र असहमति समेत रहेकोे छ । ८४ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बिको भावनामा कुठाराघात गर्ने, सम्पूर्ण हिन्दु ओमकार परिवारलाई चोट पुग्ने कार्य राज्यबाट नै सिर्जना हुने हो भने यसले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुग्ने निश्चित छ ।

तसर्थ यस सम्बन्धमा गृहमन्त्रीको स्पष्ट जवाफ सहितको सम्बोधन हुन जरुरी छ, साथै सम्पूर्ण वैदिक सनातन हिन्दु धर्मावलम्बी, ॐकार परिवार एक जुट भई अगाडि बढ्नु पर्ने अहिलेको यस परिस्थितिमा आफ्नो धर्म, संस्कृति र राष्ट्रियताको हितका निम्ति कटिबद्ध भई अगाडि बढ्न सम्पूर्ण ॐकार परिवारमा हार्दिक अपिल पनि गर्न चाहन्छु । अतः अपराधीलाई तत्कालय सार्वजनिक गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति सहित न्यायको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछौँ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)