स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमण भयावह ,आज बुधबार एकै दिन १ हजार १११ जनामा कोरोना पुष्टि !( भिडियो सहित )

बिनोद कुमार दाहाल ,काठमाडौ   । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ६२९ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । जसमा १ हजार १११ जनामा सङ्क्रमण देखिएको उनले बताए ।देशभरमा गरी पछिल्लो २४ घण्टामा ५६९ जना निको भएर घर फर्किएका छन् ।

Advertisement

योसँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा २० हजार ७३ पुगेको छ । देशभर हाल १५ हजार २७३ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ९ हजार ४८८ जना रहेका छन् ।

https://www.facebook.com/mohpnep/videos/3388819697835310/?t=163

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article