स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका एक युवालाई कोरोना संक्रमण पुष्टि

हल्दिवारी – हल्दिवारी गाउँपालिका वडा नम्बर ५ का  भारत बाट फर्किएका युवालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ ।

Advertisement

प्रमुख निरौलाका अनुसार यहि भदौ १० गते हल्दिवारी २ मा रहेको क्वारेन्टाइनमा लिएको २४ जनाको पिसिआर सेम्पलमा एक भारत बाट फर्किएका वडा नम्बर ५ का ४० बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

Advertisement

उनका अनुसार पोजेटिभ देखिएका युवाको स्वास्थ अवस्था सामान्य रहेको छ। हल्दिवारीमा आजसम्म १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यश अगाडि देखिएका सबैको उपचार पछि निको भएर आ- आफ्नो घरमा रहेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article