राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जसपा कन्काई नगर समिति समायोजन

कमला भट्टराई भद्रपुर/  झापा स्थित कन्काई नगर पालिकामा जसपा र समाजवादी पार्टीको समायोजन कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टी नगर समिति गठन कार्यक्रम सम्पन्न भयो।

Advertisement

कार्यक्रममा पूर्ब समाजवादी पार्टी र पूर्ब राष्ट्रीय जनता पार्टी निकट पार्टी र भातृ संगठनका नेता कार्यकर्ताहरुको बृहत उपस्थितिमा सम्पन्न कार्यक्रम बीच रत्न श्रेष्ठको अध्यक्षतामा नगर समति गठन गरेको छ।

Advertisement

गठित नगर समितिको उपाध्यक्ष भैरब राजबंशी, सचिब केशर खडका,सदस्यहरु सरोज मैनाली, तेज नारायण चौधरी,कमल श्रेष्ठ संजित राई लगायत एघार सदस्यीय निर्बाचित भएका छन।

कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य त्रिनारायण राजबंशी जिल्ला अध्यक्ष दिपेन बाला राई, बरिष्ठ नेता सन्तोष कुमार गणेश, राष्ट्रीय युवा संघ प्रदेश अध्यक्ष रोशन लिम्बुले भने देशको अबको एक मात्र बैकल्पिक शक्ति जसपा रहेको र नरहेको पहिचानबादी शक्ति मिलेर परिबर्तनकारी भूमिका निर्बाह गर्नुको बिकल्प नरहेको बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article