समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

काठमाडौंमा १२५ फोटोपत्रकारहरुको पिसिआर टेष्ट  !

काठमाडौं १२ भाद्र l विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे आज भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

Advertisement

राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवमा आवद्धरहेका र विभिन्न संञ्चार गृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पिसिआर कोभीड(१९ को परिक्षण भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा गरिएको हो । विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा आज करिब १२५ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

Advertisement

देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो । देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परिक्षण तिव्रपारीएको छ ।

स्वास्थ सेवा विभाग टेकुको सहयोगमा उक्त पिसिआर टेष्ट सम्पर्न भएको हो । उक्त पिसिआर हाल काठमाडौंमा रहेका फोटोपत्रकाहरुलाई कोभिड पोजेटिभको लक्षण देखिएकाले सम्पूर्ण अग्रपङ्तीमा कार्यरत फोटोपत्रकारको स्वाव संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले वताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article