स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चितवनमा एउटै वडाका ३७ जनामा कोरोना संक्रमण

nepal

चितवनमा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा परीक्षण गरिएका १९६ मध्ये ६५ वटा नमूनामा संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये ६१ जना चितवन जिल्लाका हुन् ।

Advertisement

अस्पतालका माइक्रोबायोलोजिष्ट नवीनकुमार चौधरीकाअनुसार रत्ननगर नगरपालिकाको एउटै वडाका ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ। रत्ननगर नगरपालिकाको वडा नम्बर ४ का ३५ जना पुरूष र दुई जना महिलामा संक्रमण भएको छ।

Advertisement

त्यस्तै, भरतपुर महानगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महानगरको वडा नम्बर ४ मा दुई महिला र १३ पुरूषसहित १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। महानगरका वडा नम्बर २, ६, १४, १९ र २८ का एक–एक जनामा कोरोना देखिएको छ।

वडा नम्बर १० मा भने ७० र ३५ वर्षका दुई पुरूषमा कोरोना संक्रमण देखिएको हो। भरतपुर महानगरपालिकाका संक्रमितहरू २२ देखि ७० वर्ष उमेर समूहका छन्। यस्तै राप्ती नगरपालिकाको वडा नम्बर ८ निवासी २३ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।

नवलपुरको गैंडाकोट १० का ४६ वर्षीय पुरूष, तनहुँको भानु ४ का ३३ वर्षीय पुरूष, रुपन्देहीको लुम्बिनी ३ का ३२ वर्षीय पुरूष र पाल्पाको रम्भा ३ का ६४ वर्षीय पुरूषमा समेत कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article