समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इनरुवा स्थित बलाहामा प्रहरी चौकी राख्न खोज्दा स्थानियको अवरोध

कमला भट्टराई झापा । इनरुवा ५ बलाहा क्षेत्रमा शान्ती सुरक्षा कायम राख्नका लागी प्रहरीको अस्थायी सुरक्षा पोष्ट स्थानियको विरोधका कारण स्थापना हुन सकेन । वडा कार्यालयले बलाहाको व्यापार व्यवसाय हुने क्षेत्रमा प्रहरी चौकी राख्नकालागि तयारी अघि बढाएको भएपनि स्थानीयवासीले भने अवरोध गरेपछी चौकी राख्ने काम रोकिएको छ ।
वडा अध्यक्ष अञ्जनीकुमार पोखरेलका अनुसार प्रहरीलाई राख्नको लागि भाडा खोजेर आवश्यक अन्य सबै बन्दोवस्ती मिलाइएको थियो । अन्तिम समयमा आएर वडाका केहि व्यक्तिका अगुवाईमा अवरोध गरियो । जसको कारण प्रहरी चौकी राख्ने योजना सफल हुन सकेन् ।
वडाअध्यक्षका अनुसार महिनारायण चौधरी नेतृत्वको युवा टोली र केही अन्य व्यक्तिले व्यापार व्यवसाय हुने क्षेत्रमा प्रहरी चौकी राख्न नहुने भन्दै अवरोध गरेका हुन् । शान्ति सुरक्षाको यथेष्ट बन्दोवस्तीका लागि प्रहरी चौकी स्थापना गर्न लाग्दा अवरोध गरिनु दुखदः भएको वडाअध्यक्षको पोखरेलको भनाई छ ।
उता महिनारायण चौधरीले आफुले अवरोध नगरेको भन्दै गाउँवासीले व्यापार व्यवसाय हुने क्षेत्रको बिचमा प्रहरी चौकीको आवश्यकता महसुस नगरेकाले गडनमा चौकी राख्न सुझाव दिएको बताए । पहिलो आवश्यकता गडन खोला किनारमा चौकी राख्न गाउँलेले भनेको उनले सुनाए ।
चौधरीले भने, कोरोनाको बढ्दो जोखिमका कारण समेत गाउँलेले स्थानीयको घरमा भाडा लिएर चौकी राख्न नदिएको हुन सक्छ । वडा कार्यालयले भने गडनमा चौकीको संरचना निर्माण भैनसकेकाले सो स्थान सहित बलाहा क्षेत्रको सुरक्षामा काम लाग्ने हुँदा तत्काल भाडामै भएपनि प्रहरी बस्ने बन्दोवस्ती मिलाउन लाग्दा केही व्यक्तिको अगुवाईमा अवरोध भएको जनाएको छ l
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article