स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश १ का २० स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा

देवेन्द्रकिशोर ढुंगाना झापा । सुनसरी जिल्लाका पाँच स्थानीय तहसहित प्रदेश १ को २० स्थानीय तहलाई कोरोना संक्रमणको हिसावमा ‘हाई रिस्क जोन’ मा रहेका छन ।

Advertisement

रिस्क जोनमा रहेका २० वटा स्थानीय तहमा प्रदेश १ सरकारले कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको निष्कर्ससहित ती स्थानीय तहलाई राखेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको जनाएको छ । ‘ हाई रिस्क जोन’मा रहेका स्थानीय तहहरुमा मोरङका ६, सुनसरीका ५, झापाको ५ र इलामका चारवटा रहेका छन ।

Advertisement

प्रदेश सरकारले सुनसरीका कोशी, भोक्राहा नरसिंह, हरिनगर, कप्तानगञ्ज, बर्जु गाउँपालिकालाई उच्च जोखिम ‘हाई रिस्क जोन’मा राखेको छ । त्यसैगरी मोरङको विराटनगर महानगरपालिका, जहदा र धनपालथान गाउँपालिकालाई उच्च जोखिममा राखेको छ । त्यस्तै भारतसँग सीमा जोडिएका रंगेली, सुनबर्सी र रतुवामाई नगरपालिका जोखिममा छन् ।

झापाको मेचीनगर, भद्रपुर, कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिका पनि जोखिममा छन् । त्यस्तै इलामको रोङ, सूर्योदय माइजोगमाई र सन्दकपुर जोखिमको सूचीमा छन् । रिस्क जोनमा परेका स्थानीय तहमा अहिले एकैसाथ कन्ट्याक ट्रेसिङ, परीक्षण र आइसोलेसन गर्ने काम भइरहेका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

‘कोरोनाको हाई रिस्क जोनमा परेका स्थानीय तहलाई कोरोना नियन्त्रण र रोकथाम गर्ने उद्देश्यका साथ अहिले मन्त्रालय लागेको छ’,मन्त्री घिमिरेले भने, ’हाई रिस्क क्षेत्रमा इन्फेक्सन रेट बढी र रिकभरि रेट कम छ, त्यसैले केसहरू थपिँदै जादा ती क्षेत्रमा कन्ट्याक ट्रेसिङ साथै परीक्षण दर र आइसोलेसन गर्ने काम एकसाथ भइरहेको छ ।’

प्रदेश सरकारले भारतसँग सीमा जोडिएका चार जिल्लाका २० वटा स्थानीय तहलाई ‘रिस्क जोन’ (जोखिमयुक्त) क्षेत्रमा राखेको हो । भारतमा संक्रमण दर उच्च छ।खुला सीमा भएका कारण संक्रमण फैलनसक्ने जोखिम निष्र्कष प्रदेश सरकारको रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article