साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कसको भरोसा गरौं ?

– राम कटेल

सरकार सरकार जस्तो छैन
प्रतिपक्ष प्रतिपक्ष जस्तो छैन
मैले कसको भरोसा गरौं
आशा को त्यान्द्रो समातेर पौडि नै पर्यो
बरू नानीहरू को पृय खिलखिलाहट को भरोसा गरौ कि
युवतीहरू को निश्छल मुस्कान को भरोसा गरौं
या तन्देरीहरू को बलशाली पाखुरी को बिश्वास गरौं
या स्वास्थ्यकर्मीहरू को उच्च मनोबल को भर परौ
मैले कसको भरोसा गरौं
आजकाल आँगनमा फूलेका फूलहरूको
रंग र बासना नै हराएको छ
बिहानी बतास को मीठो सरसराहट नै
स्पर्ष बिहिन भएको छ
चराचुरूङ्गीहरू को मधुर कानेखुसी नै
सुनिन छोडेको छ
सुनिदै छ भने फगत कोरोनाबाट अकालमा मृतु भएकाहरू को
दर्दनाक क्रन्दन सुनिदै छ
छुन र हेर्न सम्म न पाएका आफन्तहरू को
भयावह त्रास को ढुक ढुकी सुनिदै छ
बाढी र पहिरोमा अकाल ज्यान गुमाउनेहरू को
कहाली लाग्दो चिच्याहट सुनिदै छ
टुहुरा बाल बच्चाहरूको आँसु झरेको
ह्रदयबिदारक आवाज सुनिदै छ
यस्तो बेलामा पनि लज्जाजनक भष्ट्रचार र बिकृति का
जन गुनासाहरू पहाड जस्तै थुप्रिदै गईरहेको सुनिदै छ
कतैबाट सुख को सन्देश पनि आएको छैन
भरोसा कसको गरौ मैले
सरकार सरकार जस्तो छैन
प्रतिपक्ष प्रतिपक्ष जस्तो छैन l

धुलाबारी ,झापा बुधबार १७ भदौ २०७७

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)