साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कसको भरोसा गरौं ?

– राम कटेल

Advertisement

सरकार सरकार जस्तो छैन
प्रतिपक्ष प्रतिपक्ष जस्तो छैन
मैले कसको भरोसा गरौं
आशा को त्यान्द्रो समातेर पौडि नै पर्यो
बरू नानीहरू को पृय खिलखिलाहट को भरोसा गरौ कि
युवतीहरू को निश्छल मुस्कान को भरोसा गरौं
या तन्देरीहरू को बलशाली पाखुरी को बिश्वास गरौं
या स्वास्थ्यकर्मीहरू को उच्च मनोबल को भर परौ
मैले कसको भरोसा गरौं
आजकाल आँगनमा फूलेका फूलहरूको
रंग र बासना नै हराएको छ
बिहानी बतास को मीठो सरसराहट नै
स्पर्ष बिहिन भएको छ
चराचुरूङ्गीहरू को मधुर कानेखुसी नै
सुनिन छोडेको छ
सुनिदै छ भने फगत कोरोनाबाट अकालमा मृतु भएकाहरू को
दर्दनाक क्रन्दन सुनिदै छ
छुन र हेर्न सम्म न पाएका आफन्तहरू को
भयावह त्रास को ढुक ढुकी सुनिदै छ
बाढी र पहिरोमा अकाल ज्यान गुमाउनेहरू को
कहाली लाग्दो चिच्याहट सुनिदै छ
टुहुरा बाल बच्चाहरूको आँसु झरेको
ह्रदयबिदारक आवाज सुनिदै छ
यस्तो बेलामा पनि लज्जाजनक भष्ट्रचार र बिकृति का
जन गुनासाहरू पहाड जस्तै थुप्रिदै गईरहेको सुनिदै छ
कतैबाट सुख को सन्देश पनि आएको छैन
भरोसा कसको गरौ मैले
सरकार सरकार जस्तो छैन
प्रतिपक्ष प्रतिपक्ष जस्तो छैन l

Advertisement

धुलाबारी ,झापा बुधबार १७ भदौ २०७७

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article