स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापा सहित आज देश भर १३५९ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

हल्दिवारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

Advertisement

उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा झापाका २८, मोरंगका ७६, सुनसरीका ३९, उदयपुरका १, ओखलढुङ्गाका २, खोटांगका २, बाराका २१, धनुषाका ४३, पर्साका २७, रौतहटका २, सप्तरीका २६, सर्लाहीका ८०, महोत्तरीका ४६, सिरहाका १, काठमाडौँका ३८६, भक्तपुरका ३६, ललितपुरका ३२, चितवनका ८२, धादिङका १९, मकवानपुरका १८, काभ्रेका ७, सिन्धुपाल्चोकका ४, नुवाकोटका ५, सिन्धुलीका २, रामेछापका १३, दोलखाका २, रसुवाका १, गोरखाका २६, कास्कीका २०, तनहुँका १२, नवलपरासी पुर्वका २८, लमजुङका १०, स्याङजाका ३, बागलुङका १, म्याग्दीका १, दाङका ७, बाँकेका ४८, बर्दियाका १४, रुपन्देहीका ४४, पाल्पाका ६, कपिलवस्तुका ७, रुकुम पुर्वका १, गुल्मीका २, जुम्लाका २१, रुकुम पश्चिमका १, जाजरकोटका २, दैलेखका ९, सल्यानका १, सुर्खेतका २२, अछामका १, कन्चनपुरका ५, कैलालीका ५२, बजाङका ३, बैतडीका ३, दार्चुलाका ३, र डोटीका ४ जना रहेका छन्। जसमा ८९५ पुरुष र ४६४ महिला रहेका छन्।

Advertisement

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४४२३६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३५४ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २५५६१ पुगेको छ । हाल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article