स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोशी कोभिड अस्पतालमा संक्रमितको मृत्यु

भद्रपुर । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो ।

Advertisement

वृद्धमा भदौ ११ गने संक्रमण पुष्टि भएको थियो । वृद्ध ‘होम आइसोलेसन’मा बसिरहेकोमा स्वास्थ्यमा समस्या भएकोले शनिबार अस्पताल भर्ना भएका थिए ।

मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो । विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । प्रदेशमा ४३ जनाले ज्यान गुमाइसकेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article