स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विराटनगरका ७० वर्षीय वृद्धमा मृत्युपछि कोरोना पुष्टि

भद्रपुर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– २ का ७० वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि शनिबार साँझ वृद्धलाई कोशी अस्पताल ल्याएका थिए । अस्पताल ल्यइपु¥याउँदा नै वृद्धको मृत्यु भइसकेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

Advertisement

‘मृत्युपछि स्वाब संकलन गरेर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article