समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश एकमा कोरोनका कारण रोजगार गुमाएका अढाई हजारलाई रोजगार दिने तयारी

 भद्रपुर । प्रदेश १ सरकारले कोरोनाबाट उत्पन्न परिस्थितिको कारण रोजगार गुमाएका प्रदेशका करिब २ हजार ५ सय युवाहरुको लागि रोजगार सृजना गर्ने तयारीअनुसार काम गरिरहेको छ ।

Advertisement

नेपाल युवा परिषद् प्रदेश १ ले ‘प्रदेश युवा २०२०’ सम्मेलन गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा जुम एपमार्फत दुई दिनसम्म गरेको सम्मेलनलाई मुख्यमन्त्री राईले सम्बोधन गर्ने क्रममा त्यस्तो तयारी सार्वजनिक गरेका हुन ।

Advertisement

उनले कोभिड १९ का कारण रोजगार गुमाएका स्वदेश तथा विदेशमा रहेका २५ सय बढी युवालाई रोजगारीको अवसर सृजना गरिने र सोको लागि अनलाईनमार्फत् फारम भरेर सहभागी बन्न सकिने जानकारी गराए । मुख्यमन्त्री राईले जस्तो सुकै कठिन परिस्थिति आए पनि आफ्नो लक्ष्य प्राप्तिमा युवाहरु धैर्यताका साथ इमान्दार र निस्वार्थ रुपमा लाग्नु पर्ने बताए । उनले प्रदेश सरकारले युवालाई सिप सिकाउनकै लागि छुट्टै बजेटको ब्यवस्था गरिएको समेत जानकारी दिए ।

सम्मेलनमा बोल्दै बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले सुशासन स्थापना भए मात्र प्रजातन्त्र स्थापना भएको महशुस हुने जानकारी गराउँदै युवाहरुलाई पारदर्शी बन्न अनुरोध गरे । नगर प्रमुख थापाले भने, ‘सबैले आफ्नो जिम्मेवारीमा परेको काम पारदर्शी ढङ्गले गर्नु पर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै गो गो फाउन्डेसनका केदार खड्काले युवाहरुलाई भ्रष्टाचार न्यूनिकरणमा लाग्न सुझाव दिए । कुनै पनि देशले भ्रष्टाचारलाई शून्य पार्न नसकेको भन्दै सरकार मात्रै नभएर नागरिक स्तरबाट पनि भ्रष्टाचारलाई प्रश्रय दिइएको उनले बताए । प्रदेश युवा परिषदका अध्यक्ष सरोज बानियाले सम्मेलनले युवाहरुलाई काम गर्न थप उत्प्ररणा दिने विश्वास व्यक्त गरे ।

कृषि उद्यमी सुनिता न्हेमाफोकीले नेपाली युवाहरुले काम सुरु गर्नु भन्दा समस्या देखाउने प्रवृत्ति त्याग्नु पर्ने बताइन् । ‘नेपालको कृषि क्षेत्रमा काम गर्ने विभिन्न सहकारी संस्था र अन्य संघसंस्थालाई दुरदराजमा रहेका कृषकहरुसँग युवाहरुले जोड्ने कामको सुरुवात गर्नुहोस’, उनले भनिन् ।

सम्मेलन उदयपुरको बेलका नगरपालिका, रौतामाई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, वल्र्ड भिजन नेपाल र नेपाली जुटौं बाल विबाह हटाउँ नामक संस्था तथा प्रदेशमा रहेका अन्य ४० भन्दा बढि संस्थाहरुको समन्वयमा सम्पन्न भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article