समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दोषीलाई कडा भन्दा कडा कारबाही हुन्छ : मुख्यमन्त्री राउत

प्रदेश समाचारदाता रौतहट । मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटना का दोषीहरुलाई कडा भन्दा कडा सजाय दिलाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

Advertisement

रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरु सङ्गको मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नु पर्ने बताउनु भयो ।

Advertisement

गरुडा नपाको जिङ्गडियामा हत्या भएको राम परिवार सङ्गको भेट्मा उहाँले गरुडाघटना बारे सूक्ष्म छानबिन का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्च स्तरीय छानबिन समिति गठन भै सकेको र समितिको प्रतिबेदन को आधारमा दोषी लाई कडा भन्दा कडा कारबाही गरिने उल्लेख गर्नु भयो ।

मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फ बाट राहत उपलब्ध गराउने घोषणा समेत गर्नु भयो । उक्त अवसर मा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले दोषी प्रहरी हरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरि सकेको उल्लेख गर्नु हुँदै न्याय पाउने मा बिस्वस्त रहन पीडित परिवारलाई आग्रह गर्नु भयो । यसै गरि माधव नारायण नपामा हत्या भएको पुजारी राम साहको हत्या स्थल पुग्नु भएको मुख्यमन्त्री राउतले बाबाको हत्या मा सन्लग्न दोषी लाई कडा भन्दा कडा कारबाही गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

साधु जस्तो ब्यक्ति लाई हत्या गर्ने लाई फासिको सजाय पनि कम हुने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता अपरधि लाई ईश्वर ले पनि माफ गर्न नसक्ने उल्लेख गर्नुभयो । कार्यक्रम मा आन्तरिक मामिला मन्त्री यादवले प्रदेश मा शान्ति सुरक्षा कायम गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो । उक्त अवसरमा भुमी ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराध लाई राजनिती करन नगर्न विपक्षीलाई चेतावनी समेत दिनु भयो ।

उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उदेश्य ले आजै खेसरिया बजारमा मुख्यमन्त्री र आन्तरिक मन्त्री ले सन्युक्त रुपमा प्रहरी चौकिको भवन शिलान्यास गर्नुका साथै पोखरी सौन्दर्यिकरणको शिलान्यास समेत गर्नु भएको छ । कार्यक्रम मा प्रदेस सभा सदस्य शेख अबुल कलाम, राम किसोर यादव, बाबुलाल साह , मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, स्थानीय तहका प्रमुखहरु , सुरक्षा निकायका प्रमुख हरु सहितको सहभागिता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article