स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश १ मा एक लाख पीसीआर परीक्षण, ४ हजार संक्रमित

कमला भट्टराई-  भद्रपुर । प्रदेश १ मा एक लाख जनाको पीसीआर जाँच गर्दा चार हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा सोमबारसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको छ । ती परीक्षण गर्दा ४ हजार १७७ जनाको पीसीआर पोजेटिभ देखिएको छ ।

Advertisement

पीसीआर पोजेटिभ देखिएकामध्ये ४३ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ९५ जना संक्रमण मुक्त भएका छन् । २ हजार २३९ जना उपचाररत छन् । परीक्षण गरिएकामध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

Advertisement

प्रदेश १ मा औसतमा एकसय जनाको परीक्षण गर्दा चार जनाको पोजेटिभ देखिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण गरिएको छ ।

प्रदेशमा सबैभन्दा बढी मोरङ जिल्लामा परीक्षण भएको छ । मोरङमा ३१ हजार २६७ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १ हजार ९ सय ४४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये २३ जनाको मृत्यु भएको छ ।

सुनसरीमा २३ हजार ६७९ को परीक्षण गरिएको छ जसमा एक हजार ५६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बीपीमा गत १८ चैतदेखि, कोशीमा २९ चैतदेखि, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १९ वैशाखदेखि र मेची अस्पतालमा ३० साउनबाट पीसीआर जाँच सुरु गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article