समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुग्यो !

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ भने हालसम्म ६८ दशमलव ५ प्रतिशत अर्थात ३२ हजार ९ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Advertisement

त्यसैगरी बितेको २४ घण्टामा मात्र २२८७ जना कोरोना मुक्त भएका हुन् । त्यस्तै हाल नेपालमा ५९१ जना कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article