समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुनसरीमा ‘हनी ट्रयाप’ धन्दाको खुलासा, संलग्न दुई जना पक्राउ

 भद्रपुर । युवतीलाई प्रयोग गरेर कसैलाई यौनजन्य क्रियाकलापको आरोपमा फसाउने वा कसैसँग रकम असुल्ने नियतले गरिने ‘हनी ट्रयाप’ को धन्दा सुनसरीमा खुलासा भएको छ । धरानको एक बलात्कारको आरोपको घटनामा अनुसन्धान गरेको प्रहरीले ‘हनी ट्रयाप’ को रहस्य खोलेको हो ।

Advertisement

युवती प्रयोग गरी यौन भिडियो बनाई पैसाको बार्गेनिङ गर्ने इटहरीका २१ बर्षिय समीर मगर र रामधुनी ५ का डन दाई भन्ने गणेश दर्जी पक्राउ परेका परेपछि त्यस्तो रहस्य खुलेको हो । धरान १८ को बुद्ध चोक स्थित कान्तिपुर होटेलमा यही साउन २६ गते भएको जबरजस्ती करणी प्रकरणको अनुसन्धानको क्रममा पक्राउ परेकाहरुको प्रभावमा भिडियो केटी आफैले बनाएको भेटिएपछि ‘हनी ट्रयाप’ को खुलासा भएको हो । मोबाइलबाट डिटेल भएको भिडियोलाई रिकभर गरेर प्रहरीले अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो ।

Advertisement

उनीहरूले नै केटीको सहमति र मिलेमतोमा भिडियो बनाएको बयान दिएका छन । उक्त भिडियो अनुसन्धानमा मोरङ घर भएकी १६ वर्षिय बालिकाले बनाएको प्रहरीले जनाएको छ । यौन सम्पर्क गर्ने बेला कोठामा योजनाबद्ध ढङ्गले राखी यौन सम्बन्धको भिडियो बनाइएको पाइएको छ ।

भिडियोको अन्तिममा पीडित केटीले २ हजार नगदसमेत लिएको देखिएको प्रहरी जनाएको छ । जबरजस्ती करणी आरोपमा रामधुनी नगरपालिका ७ झुम्का घर भएका ४६ वर्षिय एमके होमियो मेडिकल हलका सञ्चालकसमेत रहेका मोहम्मद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

धरानको होटलमा आलम र बालिकाबीच भएको यौन गतिविधिको भिडियो देखाएर दुई युवाले बार्गेनिङ सुरु गरे । उनीहरुले आफु प्रहरी भएको भन्दै पैसा मागेका थिए । सोही विषयमा अनुसन्धान थालेको प्रहरीले ‘हनी ट्रयाप’को पर्दाफास गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article