हल्दिवारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पृथ्वीनगर निवास प्रविन दाहालले आजदेखी कामकारबाही शुरु गरेका छ्न ।



गाउँपालिका पदाधिकारी तथा कर्मचारीले उनलाई आज स्वागत गरेका थिए । हल्दिवारी गाउँपालिकाको गाउँ सभा चलिरहेको बेला तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्ग्नामले रवना लिएर अन्यत्र गएपछि गाउँपालिकाको कामकारबाही ठप्प जस्तै भएको थियोे ।
हल्दिवारीमा कार्यकारी प्रमुखको रूपमा आएका दाहाल यश अगाडि गौरिगन्ज गाउँपालिकाको प्रमुख थिए । हल्दिवारीले बिबादको बिच आजदेखी नयाँ प्रमुख प्रशासकीय अधिकृत त पाएको छ तर यहाँको समस्या लाई मिलाएर लैजाने चुनौती भने उनलाई प्रस्ट देखिएको छ।
उनको आगवन सगै यहाँका रोकिएका काम काम हरुले गति लिने बिस्वास लिईएको छ । कर्मचारी सयन्त्रमा राम्रो छवि बनाएका दाहालबाट यहाँको समस्याको समाधान देखि बिकास निर्वाणमा महत्त्वपूर्ण भुमिका रहने बिश्वास हल्दिवारीका जनताले लिएका छ्न ।