स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोनाबाट बुटवलको कोरोना अस्पतालमा एकजनाको मृत्यु

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आइसीयुमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

Advertisement

अस्पतालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।

Advertisement

उनमा कलेजोको रोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइको छ । यो सँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article