स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गण्डकी प्रदेशमामा थप १५ जना सङ्क्रमित

गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।थपिनेमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व ) का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एकएक जना छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।सो अवधिमा एकको मृत्यु, चार जना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article