हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापा सहित नेपालमा अाज १२ सय ४ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

nepal

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ ।शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

Advertisement

उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा ओखलढुंगाका ३, खोटाङका १, झापाका ६, मोरङका ३३, सुनसरीका २३, धनुषाका २, पर्साका ६, बाराका १११, महा्ेत्तरीका १, रौतहटका २, सप्तरीका १९, सर्लाहीका १५, सिरहाका ८, काठमाडौंका ५७०, काभ्रेका १४, चितवनका ७, धादिङका १३, दोलखाका ५, नुवाकोटका ४, भक्तपुरका ८३, रामेछापका ९,मकवानपुरका १८, ललितपुरका ५८, सिन्धुपाल्चोकका ४,सिन्धुलीका ७, कास्कीका १३, गोरखाका ४, तनहुँका ५, नवलपरासी पूर्वका ४५, पर्वतका २, लमजुङका ५, स्याङजाका ३, अर्घाखाँचीका ३, कपिलवस्तुका ३, दाङका २८, नवलपरासीका १, पाल्पाका २, प्युठानका १, बर्दियाका ४, बाँकेका २०, रुपन्देहीका १, दैलेखका २, सुर्खेतका ३, कन्चनपुरका ३, कैलालीका ८, डडेलधुराका ३, दार्चुलाका २१, र बैतडीका २ जना रहेका छन् । जसमा पुरुष ७९६ र महिला ४७८ रहेका छन् ।

Advertisement

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ सय ४७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ३५ हजार २ सय ६७ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)