समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

महानायक राजेश हमालले ११३ जना प्राविधिकलाई गरे आर्थिक सहयोग !

काठमाडौँ – महानायक राजेश हमालले सय जना भन्दा बढी चलचित्र प्राविधिकलाई आर्थिक सहयोग गरेका छन्।शनिबार चलचित्र प्राविधिक संघद्धारा काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच महानायक हमालले ११३ जना चलचित्र प्राविधिकलाई आर्थिक सहयोग गरेका हुन्।

Advertisement

चलचित्र प्राविधिक संघद्धारा काठमाण्डौमा आयोजित कार्यक्रममा महानायक हमालले १ सय १३ जना चलचित्र प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेको संघका अध्यक्ष पुष्कर लामाले बताए।

Advertisement

कार्यक्रममा बोल्दै हमालले सहयोग रकम खासै धेरै नभएपनि समस्या बढेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै हमालले प्राविधिकहरु आफ्ना लागि सधै नै उच्च स्थानमा रहेको बताए।

कोरोना भाइरस संक्रमणको महामारी कहिले सम्म रहने भन्ने कुरा टुंगो नरहेका कारण सबै मिलेर सबैलाई सहयोग गर्नुपर्ने उनको भनाई छ। सोहि अनुरुप सहयोग गरिएको उनले बताए। कोरोनाले हरेक क्षेत्रलाई प्रभाव पारेका कारण त्यस तर्फ सरकारले ध्यान दिनुपर्ने महानायकको बुझाई छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article