काठमाडौं – चितवनमा सर्पले डस्दा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा भरतपुर महानगरपालिका १९ शरदानगरका २ वर्षीय रायन रामदाम रहेका छन् । उनको सर्पले डस्दा शनिवार बिहान ज्यान गएको हो ।

सुतिरहेको बेला सर्पले डसेपछि उनलाई चितवन मेडिकल लगिएकोमा आज बिहान उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
