प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गोर्खाल्याण्डको मांग ब्यूतियो

कमला भट्टराई झापा दार्जिलिङ , पूर्वोत्तर भारतीय राज्य मेघालयका मुख्यमन्त्री कोनराड के. साङमाले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्राचार गरी भारतीय गोर्खाहरूको जनाकांक्षा छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पूरा गरिदिन अनुरोध गरेका छन्।
साङमाले शाहलाई यो पत्र पछिल्लो सेप्टेम्बर ४ का दिन आफ्नो पार्टी नेशनल पिपल्स पार्टीका राष्ट्रिय अध्यक्षका हैसियतले लेखेका हुन्।
पत्रमा उनले गोर्खाल्याण्डको मागलाई संवैधानिक र न्यायसङ्गत बताउँदै देशप्रति समर्पित गोर्खाहरूको मागलाई जतिसक्दो चाँड़ो सहानुभूतिपूर्वक सुनवाइ गरिदिन अनुरोध गरेका छन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)