झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूलाई पटक पटक यौन हिंसा गरेको आरोप लगाउने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिसडाँडास्थित कार्यालयमा प्रवेश गर्न खोजेपछि आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी सहायक निरीक्षक विवेक विसुङ्खेले जानकारी दिए। प्रहरीले महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखेर उनीमाथि आवश्यक अनुसन्धान सुरु गरेको छ।

सचिवालय बैठक अगावै उनी कार्यालय पुगेर शंकास्पद गतिविधि गरेको देखिएपछि उनलाई पक्राउ गरिएको विसुङ्खेले बताए । उनीले आफू शेरधनकी श्रीमती भएको दावी गर्दै नाता कायम गरेर अंश दिलाई पाउँ भनि अदालतसम्म पुगेकी थिइन्। तर प्रमाण पुर्याउन नसकेको भनी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता केही दिन अगाडि मात्र लिएकी हुन्। काठमाडौं जिल्ला अदालतले कार्तिक १८ गतेलाई तारेखसम्म तोकिएको बुझिएको छ।
