हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज १ हजार ३५६ जनामा कोरोना पुष्टि, ८ सय २३ जना डिस्चार्ज

काठमाडौं, ६ असोज । गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर गर्दा १ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

योसँगै संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । त्यस्तै, मंगलबार ८ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

योसहित संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अहिले देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)