हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा देउनिया खोलामा आएको बाढिले एक घर विस्थापित

हल्दिवारी गाउँपालिका वडा नम्बर ३ साविक जलथल १ स्थित देउनिया खोलामा आएको बाढीका कारण एक राई परिवार विस्थापिन हुन पुगेका छ्न ।
देउनिया खोलाको नजिकै सुकुम्बासी बस्तीका दिल बहादुर राईको घर समेत जोखिममा पुगेपछि नेपाल प्रहरी ,शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा घरलाई स्थान्तरण गरिएको गाउँपालिका प्रवक्ता सागर पोर्तेलले बताए ।
देउनिया खोलामा आएको बाढी सगै कटान शुरुभएपछी राईको भान्साघर बगाएको छ भने राईको १४ कठ्ठा जमिन समेत कटान गरेको पोर्तेलले बताए ।
गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि ,वडा अध्यक्ष रोषन शिवाकोटी सहितको जनप्रतिनिधि हरुको टोलिले राई परिवार को उद्दार गरि तत्कालीन बसोबासको व्यवस्था मिलाइएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)