समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अर्घाखाँचीमा पहिरो जाँदा एकै पटक १७ घर बगे, मानवीय क्षतिको विवरण आँउन बाँकी

अर्घाखाँची-अर्घाखाँचीको शीतगंगामा पहिरो जाँदा १७ घर बगेका छन् । शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर बगाएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

प्रहरीका अनुसार शुक्रबार दिउँसो एक्कासि पहिरो गएपछि सिंगो बस्ती बगाउँदै गर्दा घरमा बसेका केही मान्छेले भागेर ज्यान बचाउन सफल भएको बताइएको छ । पहिरो गएसँगै ३५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

मानवीय क्षतिको अझै एकिन भइनसकेको बताइएको छ । घर पालुवा जनावर पूरै बगाएर लगेको बताइएको छ । घटनास्थलमा जान समस्या भएको र अहिले पनि पहिरो बगिरहेको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article