समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अर्जुनधारामा गोरु काटेर खाएको अभियोगमा तीन जना समातिए !

 झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीमा गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा अर्जुनधारा–५ स्थित बैसाबारीका २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय टीकाराम दनुवार रहेका जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Advertisement

rajes

Advertisement

आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको, गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनेर स्थानीयवासीले प्रहरी चौकी खबर गरेका थिए । उखुबारीमा गाडिएको अवस्थामा टाउको र खुट्टासमेत फेला पारिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article