हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश नीति तथा योजना आयोगद्वारा वार्षिक प्रतिवेदन हस्तान्तरण

कमला भट्टराई । झापाअसोज ११ । प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६÷७७को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो । आयोगले गत आर्थिक वर्षमा गरेको कामहरुको विवरण समेटदै ४२ पृष्टको प्रतिवेदन तयार पारेको छ । आयोगले आफनो प्रतिवेदनमा गत आर्थिक वर्षको उपलब्धीहरुमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सिमा निर्धारण र मार्ग दर्शन , मध्यकालिन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासको लक्ष्यहरुको मार्गचित्र, प्रदेशको जानसाँख्यीक स्थिति विवरण, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मुल्यांकन दीग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दीग्दर्शन निर्माण आदि लाई राखेका छन। प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, आयोगका उपसचिव ठुलोबाबु दहाल समेतको उपस्थिति रहेको थियो ।

Advertisement

rajes

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)