राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राप्रपाको जिल्ला र भातृ संगठनको समायोजन असोज २१ गतेसम्म !

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहको समायोजन र भातृ संगठनको केन्द्रीय तहहरुको समायोजन असोज २१ गतेसम्ममा सम्बन्धित जिल्ला समिति र संगठनहरुलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिइएको निर्णय भएको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

पार्टीको झण्डा, चुनाव चिन्ह प्रचार अभियान केन्द्रीय स्तर, ७७ जिल्ला, ७ सय ५३ स्थानीय तह र वडास्तरसम्म गर्ने निर्णय समेत राप्रपाले गरेको छ।

Advertisement

केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको अर्को बैठक असोज १५ गते फेरि बस्ने छ। निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि पहिलो पटक राप्रपाको कार्य व्यवस्थाको बैठक बसेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article