हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अमेरिकामा चुनावी सरगर्मी : आज राति जो बाइडेन र डोनाल्ड ट्रम्प आमने सामने हुने

आगामी नोभेम्बर ३ तारिखमा हुन गइरहेको अमेरिकी राष्ट्रपतीय चुनावका लागि आजदेखि ‘प्रेसिडेन्सियल डिबेट’ सुरु हुने भएको छ। वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन आज राति पहिलो राष्ट्रपतीय बहसमा आमने सामने हुन लागेका हुन् ।

Advertisement

मंगलबार राति ९ बजे (नेपाली समय अनुसार बुधवार बिहान पौने सात बजे)बाट सुरु हुने पहिलो राष्ट्रपति बहसमा उनीहरु सहभागी हुन लागेका अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ । १५ अक्टोबर दोस्रो र २२ अक्टोबरमा तेस्रो प्रेसिडेन्सियल डिबेटको कार्यक्रम रहेको छ ।न्यूज विककाअनुसार नेशनल अप्रुभल रेटिङमा जो बाइडेन प्रतिस्पर्धी डोनाल्ड ट्रम्पभन्दा १० अंकले जनमतमा अगाडि छन् । जसमा बाइडेनले ५४ र ट्रम्पले ४४ अंक प्राप्त गरेका वासिङटन पोष्टले उल्लेख गरेको छ ।

Advertisement

कोरोना भाइरसका कारण यसपटक बहसमा केही हदसम्म परिवर्तन आउने भएको छ । बहसमा एक मध्यस्तकर्ता रहने छन् भने कोही पनि प्यानलिस्ट हुने छैनन्।दर्शक हुने वा नहुने बारेमा कुनै पनि जानकारी प्रदान गरिएको छैन। इतिहासमै पहिलोपटक यो बहस हात नमिलाई सुरु हुनेछ। मध्यस्थकर्ता र उम्मेदवारहरूले मास्क नलगाउने समाचार माध्यम सीएनएनले जनाएको छ। यद्यपि ट्रम्पकी पत्नी मेलानिया र छोरी इभान्का दर्शकको स्थानमा उपस्थित हुनेछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)