रामबाबु काङ्ग्रेस सभापति ! कृष्ण दाइ उप-सभापति !! हामी ने. बि. संघका फुच्चेहरुलाई सगरमाथा चोकमा पुस्तकालय खोल्ने धुन सवार भो ! सभापति सग भन्दा बढी हिमखिम र नजिकै समेत रहेकोेले टोलि उप- सभापतिको घर पुगेर योजना बतायो ! पाँच हजार जतिको आर्थिक विवरण पेस गरियो !! उप-सभापति जि ले रामबाबुका नाममा रकम उपलब्धिको पत्र लेखिदिए पछि राजन दाहाल , सुरेन्द्र प्रसाईं , बिश्व प्रकाश शर्मा र म सहितको टोलि बिर्तामोड प्रस्थान गर्यो ! सभापति ज्यु लाई पत्र हस्तान्तरण गरियो ! सभापति ज्यु ले पत्र पढिसकेपछी – ए !
अब म कृष्ण जि को कारिन्दा भएछु ? भन्दै धुजा धुजा पारेर पत्रको अन्तेष्ठि गर्दिनु भो !! रकमको आशमा पुगेको टोलिको बैरङ्ग वापसी भो !! रामबाबु प्रतिको हामिमा जागेको नकारात्मक सोचलाई केही मलजल गरेपछी तानतुन गरेर तीन सय जति दिनु भो उप- सभापति ज्यु ले !! पाँच हजारको अगाडि तीन सय – हात्तिको मुखमा जिरा झै !! हाम्रो योजनाले बिरगती प्राप्त गर्ने प्रवल सम्भावना भो ! दाजु भरत लाई घटना सबिस्तार बतायौ ! रामबाबुको स्वभावका बारेमा बताउदै उहाँ कसैको आदेश र दवाब नमान्ने तर उहाँ स्वयं लाई आग्रह गर्दा निरास नपार्ने जानकारी दिदै केही दिन पछि फेरि गएर आग्रह गर्ने सल्लाह दिनु भो ! सोही अनुसार १५ -२० दिन पछि टोलि पुगेर योजना बतायो !
ईस्टिमेट खै ? दाहिने हात हामी तिर पसार्दै सोध्नु भो !
लौ बित्यो ! ईस्टिमेट त छैन ! मुखामुख गर्यौ !! बोलती बन्द भो !
कहाँ बाट लिने फर्निचर ? कुन आईटम लाई कति कति पर्छ ? बिस्तृत विवरण खै त ?
सुरेन्द्रले स्थिति सम्हाल्न खोज्यो – बिर्तामोड बाट फर्निचर लिने ! अरु विविध कुराको मौखिक विवरण लाई रामबाबुले लिखित ईस्टिमेट ल्याउने आदेश दिदै खारेज गर्दिनु भो !!! बिर्तामोड चोक आएर ईस्टिमेट्को खेस्रा बनाईयो ! फर्निचर साहु पनि तयार पारियो ! सबै कुरो रटाएर रामबाबु सामु उपस्थित गराएपछी रामबाबुले परिक्षा सुरु गर्नु भो ! कतिपय कुरा हामीले सिकाएको भरमा त कतिपय कुरा हाम्रो आँखा सन्काईको भरमा र कतिपय उत्तर हामी बाटै पाएपछि फर्निचरवाला पास भयो या भनौं हाम्रो टोलि पास भो !
रामबाबुले हाम्रो माग बमोजिमको रकम उपलब्ध गराईदिनु भो ! हामी खुशी हुँदै फर्कियौ ! रामबाबु प्रतिको हाम्रो अघिल्लो धारणा मेटियो ! दाजुको सल्लाहले काम गर्यो !! पछि रामबाबुकै हातबाट उद्घघाटन समेत गराएर केही समय चलाईयो पनि ! अलि पछि पुस्तकालयमा काङ्ग्रेस पस्यो ! भनिरहनु नपर्ला – पुस्तकालय बन्द भो !!
यस्तै यस्तै रोचक प्रसङ्गका भन्डार ! आदर्शवादी ब्यक्तित्व सत्यवादी नेता रामबाबुले असोज २३ गते देहत्याग गरि महाप्रस्थान रोज्नु भो ! काङ्ग्रेसले संबैधानिक राजतन्त्र त्यागेपछी उहाँले पनि काङ्ग्रेस त्याग्नु भो ! गणेशमान जि , किसुन जि समेत नअटाएको र घिरौले काङ्ग्रेस हाबी भएको काङ्ग्रेसमा रामबाबु किन चाहिन्थ्यो र ? चाहिएन वास्ता पनि भएन !!
तर उहाँ बितेपछी गत सनिवार झापा काङ्ग्रेसले उहाँको संम्झनामा शोक सभा गर्यो ! जम्मा जम्मी ४१ जनाको उपस्थिति रहेको शोक सभामा चार बजे सम्म हाजिर जनाउनेको संख्या ६५ पुगेछ ! एकाध पत्रकार सहित ! रामबाबुका बारेमा भाषण भूषण भो ! सबैले रामबाबुको सालिन चरित्रको अनुसरण गर्नुपर्ने अर्ति उपदेश छाँटे ! उहाँको महानताको चर्चा भो ! ४५- ४६ तिर रामबाबुलाई ढुङ्गा चढाउनेले समेत उहाँको तस्बिरमा फुल चढाए ! गुणगान गाए ! भावुक भए !!!
शोकसभा बाट फर्कदा बाटोमा एक काङ्ग्रेसि भेटिए – कार्यक्रमको बारेमा थाहा त थियोे तर कोरोनाका कारण उपस्थित हुन सकिन ! स्पष्टीकरण दिए ! उनी तिनै काङ्ग्रेस हुन जो केही दिन अघि मेची क्राउनको उद्घघाटनमा कोरोनाको डर त्रास नमानी बहादुरीपुर्वक मदिरा सेवनमा सामेल थिए ! अर्का पत्रकार भेटिए – उनी पनि त्यस्तै – कोरोना त्रास ! उनलाई पनि मेची क्राउनको मदिरा सेवन र खाम ग्रहण कार्यक्रममा बाङ्गा खुट्टा पारेर चिकन चिल्लिमा चिप्लेर लड्न चै रोकेन तर शोकसभामा सामेल हुन चै रोक्यो !!
सायद त्यो शोकसभामा खानपिनको राम्रै बन्दोबस्त हुन्थ्यो या आर्थिक राजनैतिक उन्नति प्रगतिको सम्भावना रहन्थ्यो भने सैकडौ बहादुर काङ्ग्रेसिको सामेली हुन्थ्यो होला ! कोरोना सोरोनाले रोक्ने थिएन !! खानपिन पछि खाम बितरणको कार्यक्रम रहन्थ्यो भने पाँच बोलाएको ठाँउमा पचास पत्रकारको उपस्थिति हुन्थ्यो होला ! फुल चढाउन र खवर लेख्न तँछाडमछाड हुन्थ्यो होला !!
तर त्यहाँ त रामबाबुको तस्बिरमा अर्पण गर्न राखिएको फुल र बिवेक प्रसाईंले राखिदिएको सादा पानी मात्र थियोे ! अनि किन र के का लागि हाजिरी बजाउनु ? के का लागि उपस्थित हुनु ?
जे होस ! मृत्यु पर्यन्त ६५ जनाको झापाली काङ्ग्रेसको विशाल समुहले रामबाबुलाई सम्झेकोमा कृतज्ञता जाहेर गर्नैपर्छ ! रामबाबु जस्तै हुनुपर्ने भाषण गर्ने काङ्ग्रेसजनमा उहाँ जस्तो हुन नसके पनि उहाँको सद्घगुणको केही अंसले मात्र भए पनि बास गरोस ! भावपुर्ण श्रद्धाञ्जली रामबाबु प्रती !!!!

















