स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज झापामा ६० जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु !

जलथल : कात्तिक – २४ । झापामा आज ६० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
आज झापाको भद्रपुरमा १ ,बिर्तामोडमा १२, दमकमा १८, कमलमा १ शिवसतासिमा १, गौरीगन्जमा १, गौरादहमा ४ , मेचीनगरमा २,अर्जुनधारामा २ , कचनकवलमा ३, बुद्धशान्तिमा २, कनकाईमा ४ र ठेगाना नखुलेको ९ जना गरेर झापामा कुल ६० जना मा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै आज झापामा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा दमकका ४२ वर्षीय १ पुरुष र बिर्तामोडका ९२ वर्षीय १ पुरुष रहेको जनाईएको छ । नेपाल भरी आज २,५७१ नयाँ संक्रमित थपिएका छ्न भने निको भएर डिस्चार्ज १,७९८ जना भएको स्वास्थ मन्त्रालयले जनाएको छ।
आज थप १८ जनाको मृत्यु भएर देशैभर मृत्यु हुनेको संख्या १,१२६ पुगेको छ । नेपालमा हाल सम्म १,९७,०२४ जना कोरोना संक्रमित छ्न भने निको हुनेको संख्या १,५९,७२४ पुगेको समेत स्वास्थ मन्त्रालयले पुष्टि गरेको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article