हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालका पाँच हजार बढी बालबालिका कोरोना महामारीको चपेटामा !

झापा । विश्वव्यापी कोरोना महामारीको चपेटामा नेपालका पाँच हजार बढी बालबालिका परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार, नेपालमा १० वर्ष भन्दा मुनिका पाँच हजार ५६५ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

राजधानी उपत्यकामा मात्रै एक हजार नौ सय बालबालिकामा कोरोना संक्रमण भएको छ । संक्रमित हुने किशोरकिशोरीको संख्या पनि १४ हजार बढी छ । ११ देखि १९ वर्षसम्मका १४ हजार ६३० जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

यो तथ्याङ्कले बालबालिका संक्रमणको उच्च खतरामा रहेको प्रमाणित हुन्छ । संयुक्त राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० को अनुसन्धानमा पनि बालबालिका संक्रमित हुने तथ्य असमान्य रहेको देखाउँछ । युनिसेफले विश्वका ८७ देशमा गरेको अनुसन्धानमा हरेक ९ मध्ये एक जना अर्थात् ११ प्रतिशत बालबालिका छन् ।

त्यसो त संक्रमणले अन्य उमेर समूह पनि कम प्रभावित छैनन् । तर, बालबालिकामा हुने संक्रमणले दीर्घकालीन असर पार्ने भएकाले विशेष ध्यान दिनुपर्ने हुन्छ । अझ कोरोना कहरका कारण अर्थतन्त्र धरासायी हुँदा थप बालबालिकाले लामो समय प्रभावित हुनुपर्ने अनुमान गरिदैछ ।

युनिसेफ र सेभ द चिल्ड्रेनले गरीबीमा बाँच्न बाध्य बालबालिकाको संख्या एक अर्व २० करोड पुगेको छ । प्रत्यक्ष संक्रमित हुने बाहेक कोरोना महामारीकै कारण पोषणको समस्या थपिने आँकलन गरिएको छ । अझ नेपाल जस्तो कम विकसित मुलुकमा यसको असर बढी पर्नेछ । अर्कोतिर नेपाल बढी किशोर भएको मुलुकमा समेत पर्छ ।

२०६८ को जनगणनाअनुसार, एक करोड १० लाख बढी बालबालिका छन् । यो समूहमा कोरोना महामारीका कारण नराम्रो मनोवैज्ञानिक असर समेत परेको छ ।

लामो समय लकडाउन र निषेधाज्ञा हुँदा बालबालिकामा गम्भीर मनोवैज्ञानिक असर देखिएको छ भने शैक्षिक संस्थाहरु बन्द हुँदा दिनचर्या बिग्रिएको छ । तसर्थ, बालबालिकालाई कोरोना कहरबाट जोगाउन पहिलो त संक्रमित हुनबाट जोगाउन जरुरी छ ।

बालबालिकामा संक्रमण हुँदा यसको असर दीर्घकालीन रुपमा पर्छ । कोरोनाबाट जोगाउन अरु व्यक्तिहरुसँगको सम्पर्कबाट जोगाउने नै हो । सँगै, सरकारले दीर्घकालीन असरबाट बालबालिकालाई जोगाउने किसिमका कार्यक्रम ल्याउन जरुरी छ ।

हामी बालबालिकालाई देशको भविष्य बन्ने गर्छौ । त्यसैले भविष्य सुरक्षित राख्न बालबालिकाको स्वास्थ्य सुरक्षामा ध्यान दिने पो हो कि ?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)