हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भूमाफियाको नाममा रहेको १ सय २२ बिघा जमिन सरकारको नाममा फिर्ता

लामो समय देखी भूमाफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ।

Advertisement

रौतहटको गुजरा नगरपालिका ९ साविक रंगपुर गाबिस ५ मा रहेको वन क्षेत्रको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको खबर आजको राजधानी दैनिकमा रौटहटबाट रमेश तिमल्सिनाले लेखेका छन्।

Advertisement

गत कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय र डिभिजन वन कार्यालय रौतहटको संयुक्त बैठकको निर्णयको आधारमा गत कात्तिक २७ मालपोत कार्यालय चन्द्रपुरले सो जमिन नेपाल सरकारको नाममा ल्याएको थियो । सो जमिन दोलखा,रामेछाप,ओखलढुंगा लगायत बिभिन्न जिल्लाका २६ जना व्यक्तिहरुको नाममा दर्ता भएको थियो।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहको सकृयतामा भूमाफियाको नाममा रहेको जमिन श्रेस्ता बदर गरिएको थियो। वन क्षेत्रको जग्गाको श्रेस्ता बदर गरी एकसय २२ बिगाहा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएको डिभिजन वन कार्यालय रौहतट चन्द्रनिगाहपुरका प्रमुख बिनोद सिंहले जानकारी दिए।

गुजरा खोल्सीदेखि पूर्व आवादी गाउँदेखि पश्चिम, बागमती सिचाइको नहरदेखि दक्षिण, गुजरा खोल्सीदेखि उत्तरको वन क्षेत्रको सो जग्गा बर्षौ अघि भूमाफियाले आफ्नो नाममा दर्ता गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)