बिराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विभाजन औपचारिक र बैधानिक रुपमा नहुँदा प्रदेश सभाहरु अनिर्णयको बन्दी बनेका छन् ।

प्रदेश १ को हिउँदे अधिवेशन बुधबार दिउँसो बोलाइए पनि सम्भावित झडप र द्वन्द्वलाई ध्यानमा राख्दै बैठक बसेको तीन मिनेटमै स्थगित भएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले अधिवेशन आह्वान गरेको पत्र सभामुखले पढेर बैठक स्थगित गरिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एउटा र पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ –माधवकुमार नेपालले नेतृत्व गरेको अर्को समूह गरी दुुइ भागमा प्रदेश १ का सभासद्हरु विभाजित भएसँगै एक पक्षले अर्कोलाई कारबाही गरेपछि द्वन्द्वको अवस्था सृजना भएको थियो ।

दाहाल –नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले ओली पक्षधर मानिएका प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईलाई हटाएर दलको नेतामा भिमप्रसाद आचार्यलाई चयन गरेपछि बिबाद बढेको हो ।आफूबिरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गर्ने आचार्यसहित १६जना दाहाल– नेपाल पक्षका प्रदेश सांसदलाई मुुख्यमन्त्री तथा नेकपा प्रदेश १ संसदीय दलका नेता शेरधनलाई निलम्बन गरेका थिए ।

दाहाल–नेपाल समूहले भने मुख्यमन्त्री राई र प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीसहित ८ जनालाई कारबाही गरेको थियो । प्रदेश सांसदहरु एक पक्षले अर्कोलाई कारबाही गर्न थालेपछि सम्भावित झडपलाई ध्यानमा राख्दै सभामुखले बैठक तीन मिनेटमै स्थगित गरेका हुन् ।नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय यसअघि नै गरेको थियो । अधिवेशन सुरु भएको दिन दलका नेताहरुले बोल्ने प्रचलन छ ।

अधिवेशनको पहिलो दिन नै बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ सांसदलाई सभा कक्षमा प्रवेश गर्न नदिने योजना बनाएका थिए भने दाहाल–माधव पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै उनलाई बोल्न नदिने योजना बनाएको थियो ।९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश १ मा सत्तारुढ नेकपाका ६७ जना सांसद छन् । तिमध्ये दाहाल –नेपाल समूहले आफूहरुसँग ४७ सांसद रहेको दाबी गरेका छन् । तर पछिल्लो समय ओलीलाई छाडेका जसमाया गजमेर, गोपाल बुढाथोकीसहित ५ सांसल ओली समूहमै फर्किएका छन् ।

एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने निर्णयको बैधानिक परिक्षणले किनारा नलगाउँदा दुवै पक्ष एकले अर्कोलाई अल्पमतमा रहेको दाबी गरिरहेका छन् । प्रदेश १ मा कांग्रेसका २१ र जनता समाजवादीका ३ सांसद छन् ।प्रदेश सभा सचिवालयले सत्तारुढ नेकपाको संस्थापन पक्ष कुन हो भन्ने निष्कर्ष दिन नसक्दा प्रदेश १ को सदन चल्न सक्ने अवस्था देखिँदैन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार