हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ग़ज़ल : सहिदहरुको सम्झनामा

शहिदको रगत हाम्रो नसा नसामा बग्नुपर्छ नेपाली
देशको रक्षार्थ अन्तिम श्वाससम्म लड्नुपर्छ नेपाली

Advertisement

चार सहिद बने नेपालीहरुलाई हक अधिकार दिन
वीर सहिदको पहिचान विश्वमा छर्न सक्नुपर्छ नेपाली

Advertisement

हाँसी हाँसी फाँसी चढे देशको निरङ्कुशता ढाल्न
अन्याय र अत्याचारको विरुद्धमा खट्नुपर्छ नेपाली

अझै आखा गाडेका छन् वैरीहरु सुन्दर देश देखेर
हातमा खुकुरी बोकि हाम्रो इतिहास रच्नुपर्छ नेपाली

लाखौ युवा शक्ति विदेशमा छन् परिवार खुसी राख्न
स्वरोजगार नेपाल बनाउन कम्मर कस्नुपर्छ नेपाली ।

बिना रोका
घोराही दाङ्ग।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)