समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बली चढाउन भारत लजादै गरेकी युवतीको उद्दार

काठमाडौँ। प्रहरीले नेपाली युवतीलाई भारतमा बली चढाउन लागेकी युवतीको उद्धार गरेको छ। नेपाली युवतीलाई भारतीय एक धार्मिक गुरुको आश्रममा लगेर बलि दिने योजना प्रहरीले असफल पारेको प्रहरी परिसर काठमाण्डुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

Advertisement

युवतीले शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले बलि दिने योजना असफल पारिएको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने तयारी गरेको छ।

Advertisement

काठमाडौँ प्रहरीले घटनामा संलग्न आरोपमा सातजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई महिला र पाँचजना पुरूष रहेका छन्। प्रहरीले घटनाबारे जानकारी पाएपछि काठमाडौँ र स्थानीय प्रहरीको समवन्यमा घटनामा संलग्न रहेको आरोपमा सातजनालाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारत लगेर ती युवतीलाई बलि चढाउने योजना थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article