हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मोरङ केराबारीबाट पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ

मोरङ l  मोरङ केराबारीबाट पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेको छन् । पक्राउ पर्नेमा केराबारी गाउँपालिका -९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन्।

Advertisement

प्रहरीले गणेश लिम्बुको घरबाट प्रहरीले कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको गोली पाँच थान, गोली लोड गर्ने चाचर दुई थान र पेस्तोलको गोली एक थान बरामद गरेको छ।

Advertisement

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार लिम्बुले वन्यजन्तु चोरी सिकारीका लागि हतियार र गोलीको बन्दोबस्त मिलाएको आशंका गरिएको छ। यस्तै, बेलबारीका पदम लिम्बुको को१च ८३६८ नम्बरको कारमा खुकुरी, चक्कु फेला परेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)