परापूर्व कालका तुलनामा अहिलेका महिलाहरु महिनावारी प्रति धेरै सचेत भएका छन् । उनीहरुमा महिनावारी भएका बेला सरसफाइमा विशेष ध्यान दिनु पर्छ भन्ने ज्ञानको विकास भएको छ र यो बेला सरसफाईमा विशेष ध्यान दिन नसकेमा विभिन्न किशिमका संक्रमण हुने जोखिम उच्च रहन्छ ।

महिनावारीका बेला प्रयोग गरिने प्याड, लुगा वा न्यापकिन कस्तो प्रकारको छ र कति समयको अन्तरालमा परिर्वतन गर्ने गरिन्छ यी सब कुरा सिधै स्वास्थ्यसँग जोडिने गर्दछ । के तपाईलाई थाहा छ रुमहिनावारीका बेला एक दिनमा कतिपटकसम्म प्याड परिवर्तन गर्नुपर्छ भनेर । कतिपटक परिवर्तन गर्नुपर्दछ ।

स्वास्थ्य विशेषज्ञहरुको भनाइ यस्तो छ स् महिनावारीका बेला प्रत्येक ४ घण्टामा प्याड बदल्नुपर्दछ । यदि तपाई घरेलु कपडाको टुक्रा प्रयोग गर्नुहुन्छ भने त झन प्रत्येक २–२ घण्टामा बदल्नुपर्दछ । तर यो नियम सबैका लागि समान ढङगले लागू हुन्छ भन्ने छैन् । प्याडको प्रकृति, रगतको मात्रा हेरेर पनि प्याड परिवर्तन गर्ने समय निर्धारण हुने गर्दछ ।

यी कुरामा ध्यान दिनुपर्छ स् हुन त आफ्नो आवश्यकताका आधारमा प्याड बदल्नुपर्दछ तर धेरै लामो समयसम्म एउटै प्याड प्रयोग गरिरहनु भने स्वास्थ्यका लागि लाभदायी हुदैन् । एकपटक रगत शरीरबाट बाहिर निस्किएपछि विभिन्न प्रकारबाट दुषित हुने गर्दछ । धेरै रगत बगेको बेला मात्र नभई रगत बग्ने क्रम कम भएको बेला पनि प्याड परिवर्तन गरिरहनै पर्दछ ।

लामो समयसम्म एउटै प्याड प्रयोग गरिरहेमा पिसाब संक्रमण लगायतका संक्रमण हुने जोखिम धेरै हुने गर्दछ । पटक–पटक प्याड परिर्वतन गरिरहनुहोस् हुन सक्छ महिनावारी भएको २–३ दिनदेखि तपाईमा रगत निष्काशनको फ्लो कम हुन सक्छ ।

रगत बग्ने क्रम घट्ने बित्तिकै प्याड लामो समयसम्म प्रयोग गरिरहनु गलत हो,परिवर्तन गरिरहनुपर्छ । एक सयमा एउटामात्र कोही कोहीले धेरै रगत बगेको भन्दै एकैपटकमा २ वटा प्याड वा कपडा प्रयोग गर्ने गरेको पनि भेटिन्छ तर यो स्वास्थ्यको हिसाबले निकै गलत हो । धेरै रगत बगेको बेला यसले मद्दत गरेपनि स्वास्थ्यका लागि यो उपयोगी तरिका होइन । २ वटा प्याड प्रयोग गर्दा परिवर्तन गर्ने समय लम्बिने भएका कारण बरु एउटै प्याड प्रयोग गर्ने र छिटो–छिटो परिर्वतन गर्ने गर्न राम्रो हुन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार