विद्रोही संगठन तालिवानले अफगानिस्तानको महत्वपूर्ण सहरसहित राजधानी काबुललाईसमेत आफ्नो नियन्त्रणमा लिने प्रयास गरेको छ । आइतबार बिहानबाटै तालिवान लडाकु काबुल छिर्न थालेका थिए ।
आफूले हिंसा नचाहेको र शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तालिवानले भनेपछि राष्ट्रपति असरफ घानीले छलफल गरिरहेको भनिएका बेला अफगानिस्तान गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने जानकारी दिएका छन् ।
तालिवान लडाकुहरु काबुल प्रवेश गरेको भनिएका बेला उनले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने बताएका हुन् । गृहमन्त्री मिर्जाक्वालले पठाएको रेकर्ड सन्देशमा भनिएको छ, ‘अफगान जनताले चिन्ता गर्नुपर्दैन । शहरमा कुनै हमला हुँदैन ।’
Acting Interior Minister Abdul Sattar Mirzakwal said Kabul will not be attacked and that the transition will happen peacefully.
He assures Kabul residents that security forces will ensure the security of the city. pic.twitter.com/uim9LVqn9q
— TOLOnews (@TOLOnews) August 15, 2021

















