फ्लोरिडा,अमेरिका : अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ का अध्यक्ष अजय सत्यालले नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसर पारेर आज वान ब्लड सेन्टर, फ्लोरिडाको डेल्रे बीचमा १९० औं पटक रक्तदान गरेका छन । सत्याल बिगत ३७ बर्ष देखी निरन्तर रक्तदान गर्दै आईरहेका छन ।

एकपल्ट गरेको रक्तदानले तीन जना बिरामीलाई बचाउन सकिने उनी बताउँछन्। जसका आधारमा उनले दान गरेको रगतले ५ सय ७० जनाको जीवन बचाउन सहयोग पुगेको छ।

अमेरिकाको फ्लोरिडा राज्यका स्थाई बासिन्दा सत्यालले लामो समय वायु प्रदुषण विशेषज्ञको रुपमा काम गरेर त्यहाँको राज्य सरकार बाट जुलाई २०१९ मा सेवावृत हुनु भएको हो ।

विश्वकै सबैभन्दा धेरै रक्तदान गर्ने नेपालीहरुमा दोस्रो नम्बरमा रहनु भएका सत्याल रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अंतर्राष्ट्रीय नेपाली रक्तदाता संघमा बिगत ५ बर्षदेखी अध्यक्ष रहनु भएको छ । सरल, मृदभासी, मेहनती र सामाजिक कार्यमा सदैव सक्रिय रहने सत्याल सबै भन्दा ठुलो मानबिय सेवाको रुपमा चिनिने रक्तदान का लागि युवाहरुलाई रक्तदान गर्न प्रोत्साहन गर्ने गरेका छन । लेखान्तरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार