प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटको शल्यक्रियाको असरबाट पूर्णरुपमा ठीक हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ‘बाहिरबाट हेर्दा घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै चार देखि ६ सातासम्म लाग्न सक्छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।

प्रधानमन्त्रीको पेटमा शल्यक्रियापछि लगाइएका टाँका अघिल्लो साता नै हटाइसकिएको छ । ‘अब उनमा शल्यक्रियापछि देखिएका संक्रमण केही पनि छैन,’ अर्का एक चिकित्सकले भने । शल्यक्रियापछि संक्रमणको असर पेट र रगतमा देखिएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए ।

हाल प्रधानमन्त्री सक्रिय रुपमै काममा फर्किए पनि केही बचाउका उपाय अपनाउनु राम्रो हुने विशेषज्ञहरुले औंल्याएका छन् । शल्यक्रियाको असरबाट सामान्य रुपमा मुक्त भए पनि प्रधानमन्त्री ओली मौसमी रुघाखोकीबाट जोगिनुपर्ने विशेषज्ञहरु बताउँछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार