काठमाडौं । जेल गएको योग्यताका आधारमा नेता बन्ने प्रमुख आधार भएको नेपालमा हात्ती पढेर ठूलो भएको हो र रु अनि कमिला नपढेर सानो भएको हो र भन्ने कुतर्कहरुको बाहुल्यता भएको देश हो ।

विदेशी राजदूतहरुको आदेश कार्यान्वयन गर्नु नै नेपालका नेताहरुको प्रमुख कार्य भएको र नेपाली नेताले आफ्नो विवेक कतै प्रयोग नै गर्नु नपरेपछि नेपालका नेताहरुले किन पढ्नु पर्यो भनी कुतर्क गर्नेहरु पनि नेपालमा प्रशस्तै भेटिन्छन । नेपालमा पढेर डिग्री हासिल गर्नेहरुले कुन गतिलो शिक्षा नै पाएका थिए र भन्नेहरु पनि छन् रु

एमए उत्तीर्ण भएर एक प्याराग्राफ न त नेपालीमा न त अंग्रेजीमा नै शुद्ध लेख्न सक्छन् नेपालका स्नातकोत्तरहरु भन्ने तर्क राख्ने जमात पनि नेपालमा प्रशस्तै छन् । जंगबहादुरले नपढेर नै चार जिल्ला नेपालमा गाभे, बेलायतमा विश्वकै सबैभन्दा ठूलो सम्मान पाए भन्नेहरु पनि छन् नेपालमा ।

नेपाली विश्वविद्यालयका शिक्षकहरु पनि माक्र्स, लेनिन, माओ र अब्राहम लिंकनका सिद्धान्त पढाउने अनि विद्यार्थी जति रातभरी बालपेन्टिङ गर्दै अनि दिनभरी रत्नपार्क र प्रदर्शनीमार्गतिर ढुंगा हान्ने धन्दामा लागेपछि नेपालका डिग्रीधारीको हैसियत पनि के होला रु आफैंमा प्रष्ट हुन्छ भनी तर्क राख्नेहरु पनि छन् ।

नेपालमा उपलव्ध डिग्रीधारीको काम पनि आफ्नो विषयमा विज्ञता हासिल गर्नुको साटो नेताहरुको परिक्रमा, स्तुती गान र भजन गाउनमै खर्च भईरहेको सन्दर्भमा यहाँ कसलाई विज्ञ भन्ने कसलाई अनभिज्ञ भन्ने प्रश्न खडाहरु गर्नेहरु पनि प्रशस्तै छन् नेपालमा ।

तर नेपाल जस्तै भूगोल, भूराजनीतिक अवस्थिति, आर्थिक सामाजिक वातावरण र परिवेश भएको भुटानमा मन्त्रीपरिषद्का सदस्यहरुको योग्यता चाहि लोभलाग्दो छ । यसका लागि तलको टेबुल हेर्नुस । बाँकी समीक्षा गर्ने काम पाठकहरुको ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार