प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ड्रग्स केसमा हाजिरी लगाउन आर्यन एनसिबी कार्यालयमा

क्रुज ड्रग्स केसमा पक्राउ परेर जमानतमा रिहा भएका शाहरुख खानका पुत्र आर्यन खान शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को कार्यलयमा पुगेका छन् । हरेक शुक्रबार एनसिबीको कार्यालय पुगेर हाजिर गर्ने शर्तमा उनलाई जमानत दिइएको थियो ।

Advertisement

यस प्रकरणका अर्का साक्षी किरण गोसावी पनि शुक्रबार मुम्बईको एक अदालतमा बयानका लागि जाँदैछन् । गोसाबीका बडी गार्ड प्रभाकर सइलले गोसावीमाथि २५ करोड भारुको डिल गरेको आरोप लगाएका छन् ।

Advertisement

जेलमा २६ दिन बिताएका आर्यनलाई जमानतमा रिहा गर्नका लागि २८ अक्टोबरमा बम्बई हाइकोर्टले आदेश दिएको थियो । ३० अक्टोबरमा उनी रिहा भएका थिए । आर्यनलाई १४ वटा शर्तसहित जमानत दिइएको थियो । यसमध्ये एक शर्त उनी हरेक शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म एनसिबी कार्यालयमा हाजिर हुनुपर्नेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article