हल्दिवारी गाउँपालिका २ प्रथम वडा अध्यक्ष अन्तर प्रावी खेलकुद प्रतियोगितामा सरस्वती आवि चेम्पेयन बनेको छ । वडा नम्बर २ का ५ प्रावितहका विद्यार्थीहरुले भागलिएको उक्त वडा अध्यक्ष कप प्रतियोगितामा २५ स्वर्ण पदका लागि विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतियोगितामा सरस्वती आवि ८ स्वर्णसहित प्रथम ,हल्दिवारी मावी ७ स्वर्णसहित दोस्रो तथा रास्टिय एकता प्रावि ५ स्वर्णसहित तेस्रो भएको आयोजक समितिले जानकारी दिएका छ्न ।

कार्यक्रमको अन्तमा कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सी ,विशेष अतिथि वडा अध्यक्ष राजेन्द्र योङहाङ,वडा खेलकुद बिकास समितिका संयोजक खकेन राजवन्सी ,खेलकुद आयोजक समितिका अध्यक्ष हरिकृष्ण अधिकारी लगायतले ट्रफी मेडल ,प्रमाणपत्र र नगद पुरस्कर बितरण गर्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार