हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा राप्रपाका स्थानीय तह उम्मेद्बार टुंगो

 हल्दिवारी l

Advertisement
हल्दिवारीमाआगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा भागलिले सबै उम्मेद्बारको टुंगो लागि सकेको राप्रपाले जनाएको छ ।

हल्दिवारी गाउँपालिका अध्यक्षमा रवीन्द्र प्रसाद लिङ्देनले उम्मेद्बारी दिनेछ्न भने उपाध्यक्षमा हल्दिवारी ४ कि लक्ष्मी मैनालीको उम्मेद्बार हुने राप्रपा श्रोतले जनाएको छ । लिङ्गदेन हाल हल्दिवारी गाउँपालिका अध्यक्ष हुन ।

Advertisement

त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा देबि थापा ,२ को वडा अध्यक्षमा कुमार राई ,३ को वडा अध्यक्षमा बम बहादुर कन्दङ्वाले उम्मेद्बारी दिने जनाइएको छ।

त्यसैगरी वडा नम्बर ४ को वडा अध्यक्षमा सन्तुथापा मगर ,वडा सदस्यहरुमा सुरेन्द्र ( सुनिल ) बारकोटी ,शान्ता गहतराज ,तारा ढकाल र भावना दाहालले उम्मेद्बारी दिनेगरी राप्रपाले टुंगो लगाएको छ भने वडा नम्बर ५ मा हालका वडा अध्यक्ष शेर बहादुर नेम्बाङ सहित ७ जनाको दावी रहेको राप्रपा श्रोतको जानकारी दिएको छ ।

२०७४ को पहिलो स्थानीय तह निर्वाचनमा राप्रपाले गाउँपालिका अध्यक्ष र वडा नम्बर ५ मा बिजय हासिल गरेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)